काठमाडौँ - हलिउड स्टार जेम्स कानको निधन भएको छ। फिल्म ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो।
मिडिया रिपोर्टकाअनुसार कानका परिवारले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर बाहिर ल्याएका हुन्। पोस्ट सेयर गर्दै कानका परिवारले लेखेका छन्, ‘हामी निकै दुःखका साथ भन्न चाहन्छौं। ६ जुलाईमा कानको निधन भएको छ।’
कानको पूरा नाम जेम्स एडमन्ड कान हो। उनले १९६३ मा आएको फिल्म ‘इर्मा ला डोस’ बाट फिल्मी करियर सुरु गरेका थिए। त्यसपछि उनले धेरै फिल्ममा अभिनय गरेका थिए।
कानले ४ गोल्डेन ग्लोब, एक एमी र एक ओस्करसहित धेरै पुरस्कारहरू प्राप्त गरेका थिए। उनले ४ विवाह गरेका थिए, जसबाट ५ सन्तान छन्।