काठमाडौँ। चर्चामा रहेको जनचेतनामुलक गीत ‘कर्कलो कोक्याउला’को अडियो र भिडियो प्रहरी प्रधान कार्यालयलाई बुझाईएको छ। गीतमा हास्यव्यंग्य कलाकार हरिवंश आचार्यको शब्द, संगीत तथा आवाज रहेको छ। चेलीबेटी बेचबिखन सम्बन्धी जनचेतना बढाउने गीतको अडियो र भिडियो सामग्री प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच बुझाईएको हो।
सोमवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई कलाकार हरिवंश आचार्यले सो समाग्री प्रदान गरका हुन्। शुभ मिडिया होम प्रालिले तयार गरेको गीतको अडियो र भिडियो प्रदान गर्ने कार्यक्रममा शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज ओली तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।
गीतको भिडियो: