गोतामे पत्रकारिता स्र्वण पदकबाट झा सम्मानित

काठमाडौँ- काठमाडौँ बाहिरको प्रतिष्ठित पदक गोतामे पत्रकारिता स्वर्ण पदकबाट सप्तरीका पत्रकार वैद्यनाथ झा आज सम्मानित भएका छन्। पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जद्वारा आज वीरगञ्जमा आयोजित कार्यक्रममा झालाई एक तोला सुन बराबरको स्वर्ण पदक प्रदान गरिएको हो।

झालाई वीरगञ्ज महागरपालिकाका प्रमुख विजयकुमार सरावगीले पदक प्रदान गरे। पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा स्थापित पदबाट तीन दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएवापत झालाई कदरपत्र र स्वर्ण पदकबाट सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।

गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित झा सप्तरीबाट प्रकाशित आजको वातावरण दैनिकका सम्पादक हुन्। विसं २०६८ मा स्थापित प्रतिष्ठानले पहिलो वर्ष मकवानपुरका पत्रकार प्रताप विष्टलाई रु १० हजार पुरस्कार प्रदान गरेको थियो। प्रतिष्ठानले रु १० हजारबाट सुरु गरेको पुरस्कार १५ हजार, आधा तोला सुन हुँदै पछिल्लो तीन वर्षयता एक तोला सुन बराबरको स्वर्ण पदकसम्म पुर्याइएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×