‘प्रेमगीत ३’ पछि ओझेलमा क्रिस्टिना

काठमाडौँ - पहिलो फिल्मबाटै अभिनेत्री क्रिस्टिना गुरुङले अन्तर्राष्ट्रिय रुपमै जुन एक्सपोज र ब्राण्डिङ पाइन्, त्यो निकै अभूतपूर्व हो। ‘प्रेमगीत ३’ले उनलाई नेपाल र भारतसहित विश्वका ठूला बजारमा चिनायो।

‘प्रेमगीत ३’को भारत रिलिज र प्रिमियर हुँदा त्यहाँका मिडियाले उनलाई राम्रैसँग कभरेज गरे। तर फिल्म रिलिजपछि क्रिस्टिना यतिबेला मिडिया र सार्वजनिक प्लेटफर्मबाट पूरै ओझेलमा छिन्। त्यति एक्सपोज पाएकी अभिनेत्री यसरी हराउनु स्वभाविक पनि होइन।

निकट स्रोतका अनुसार प्रेमगीत ३ पछि क्रिस्टिनालाई नेपालका चर्चित आधा दर्जन जति ब्यानरले फिल्मको लागि प्रस्ताव गरेका थिए। दक्षिण भारतीय फिल्मबाट समेत अप्रोच आएको थियो। तर यी सबै प्रस्तावलाई उनले नकारेकी छिन्।

‘राम्रा ब्यानरबाट समेत प्रस्ताव आउँदा उहाँले रिप्लाइ त के भेट्नै समेत नमानेको देखियो,’ स्रोत भन्छ, ‘प्रेमगीत ३ निर्माता हुँदै आएको साउथ इण्डियन फिल्म खेल्ने प्रस्तावको जवाफ पनि उहाँले दिनुभएन।’

यसको अर्थ के क्रिस्टिना फिल्म करिअरलाई छाडेर अमेरिका फर्किने मुडमा पुगेकी हुन्? के आशुसेन ब्यानरका फिल्म मात्र गर्ने उनको सोच हो? यसबारे उनले केही पनि बताएकी छैनन्। तर प्रेमगीत ३ रिलिजपछि उनी पूरै ओझेलमा छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×