कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

काठमाडौँ - कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा आएको छ। नेपालयले प्रकाशन गरेको पुस्तकमा कवि प्राचीनका ८७ कविता संग्रहित छन्।

कवि प्राचीन निजात्मक शैलीमा कविता सिर्जना गर्छन्। पुस्तक विमोचन कार्यक्रममा कवि नवराज पराजुलीले प्राचीनका कवितामा सुफी शैली झल्किने र तिनमा हृदयको अन्तध्र्वनिको भाषा हुने बताएका छन्।

‘प्वाँख’ कविताा संग्रह हालै अमेरिकाको न्युयोर्कमा पनि विमोचन गरिएको थियो। पुस्तकको मूल्य नेपाली बजारमा २९५ रुपैयाँ तोकिएको छ। साथै यो संग्रह ई-बुकको रुपमा पनि उपलब्ध छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×