संसद भवनमा प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×