काठमाडौँ- बलिउडका सुप्रसिद्ध निर्माता तथा निर्देशक करण जोहरले १९ वर्षदेखि सञ्चालन गर्दै आइरहेको टेलिभिजन शो ‘कफी वीथ करण’ सदाको बन्द भएको घोषणा गरे।
केही समय अगाडि मात्र नयाँ सिजन र पाहुनाको चर्चाकै बीच सो नै बन्द हुने घोषणा अपत्यारिलो थियो। स्टार वर्ल्ड इन्डियाले नोभेम्बर १९,२००४ मा कफी वीथ करणको पहिलो एपिसोड प्रिमियर गरेको थियो। करण जोहरले आयोजना गरेका यो शो को सिजन–६ को अन्तिम एपिसोड मार्च १७, २०१९ मा प्रसारित भएको थियो।
करण आफैँले सामाजिक सञ्जाल टक सो ‘कफी वीथ करण’ को नयाँ सिजन ओटीटीमा ल्याउने घोषणा गरेका छन्। उनले डिज्नी प्लस हटस्टारमा ‘कफी वीथ करण’ को नयाँ सिजन आउने घोषणा गरेका छन्। ‘हरेक कथामा ट्वीस्टको आवश्यकता हुन्छ। त्यसैले नयाँ सिजन ७ लाई ओटीटीमा ल्याउँदै छौँ’ करणले लेखेका छन्। उनले पुरानै रमाइलो छिटै फर्किने समेत उल्लेख गरेका छन्।