इन्दिरा गान्धी अवतारमा कंगना रनौत : ‘इमर्जेन्सी’को टिजर र पोस्टर रिलिज

काठमाडौँ - अन्ततः लामै प्रतीक्षापछि बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को आवरण सार्वजनिक गरेकी छिन्। भिडियो र पोस्टर टिजरको लुक्समा उनी भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको स्वरुपमा देखिएकी छिन्। आवरणमा उनी दुरुस्तै इन्दिरा गान्धी देखिन्छिन्।

पोस्टर लन्च गर्दै उनी लेख्छिन्, ‘इमर्जेन्सीको फस्टलुक सार्वजनिक गर्दैछु। संसारकै शक्तिशाली र विवादित महिलाको भूमिकामा चित्रण भएकी छु। इमर्जेन्सीको छायांकन चाँडै सुरु हुँदैछ।’ फिल्मको निर्देशन कंगनाले नै गर्दैछिन्।

भिडिओ टिजरमा १ पुरुष फोनमा कुरा गर्दै गरेको देखिन्छ। त्यसपछि ऊ एक फराकिलो कार्यालयभित्र प्रवेश गर्छ। एक महिला आफ्नो कार्यालयमा केही फाइलमा काम गरेको देखिन्छिन्। ती महिलालाई म्याडमको रुपमा सम्बोधन गर्दै उक्त पुरुषले उनीसँग अमेरिकी राष्ट्रपति कुराकानी गर्न चाहेको सन्देश पुर्‍याउँछ।’

कंगना चरित्रको जवाफ हुन्छ, अमेरिकी राष्ट्रपतिलाई यो कुरा भन्दिनू कि मेरो अफिसमा सबैजना मलाई म्याडम होइन, सर भनेर बोलाउँछन्। यो फिल्म सन् २०२३ मा प्रदर्शन गर्ने तयारी छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×