नुएजको दुई गोलमा लिभरपुलको जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले साउथाम्टनमाथि ३-१ गोल अन्तरको जित हात पारेको छ।

शनिबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको छैटौं मिनेटमा रोबर्टो  फमिन्होले गोल गरेका थिए। त्यस्तै डार्विन नुएजले २ गोल थपेका थिए। खेलको नवौं मिनेटमा विपक्षी टोलीका चे एडम्सले १ गोल थपे पनि टोलीको हार भने टार्न सकेनन्।

यससँगै लिभरपुल लिगको छैटौं स्थानमा उक्लिएको छ। उसले १४ खेलबाट २२ अंक जोडेको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×