सडक नाटकमार्फत् विद्यार्थी भर्ना

काठमाडौँ - जुमलाको चन्दननाथ नगरपालिकाले सडक नाटकमार्र्फत विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ। 

नगरपालिकाको शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख खडानन्द चौलागाईंले फागुन २० गतेसम्म वडामै सडक नाटकमार्फत विद्यार्थी भर्ना अभियान चलाइएको जानकारी दिए। सामुदायिक विद्यालयमा बालबालिकालाई भर्ना गराऔँ भन्दै सडक नाटक देखाइएको नगरपालिको शिक्षा शाखाले जनाएको छ।

सडक नाटकमा विशेषगरी विद्यालयको नयाँ भर्ना अभियान, पढाइको महत्व, सामुदायिक विद्यालय कमजोर हुनाको कारणलगायत विषय समेटिएको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×