सन्दीप लामिछानेले भाइपर्सबाट यूएईको टी-२० लिग खेल्ने

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-२० लिग खेल्ने भएका छन्।

डेजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थियो। सन्दीपसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ।

भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ। उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए।

ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×