डोरीतान सङ्घको सुर्खेत समिति गठन

सुर्खेत - राष्ट्रिय खेलकुद परिषद्द्वारा मान्यताप्राप्त नेपाल डोरीतान सङ्घ कर्णाली प्रदेशले सुर्खेत जिल्ला कार्यसमिति गठन गरेको छ। सङ्घको वीरेन्द्रनगरमा शनिबार सम्पन्न भेलाले हरिलाल खड्काका अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो।

समितिको उपाध्यक्ष भीमकुमारी भुसाल, सचिव विवेक खनाल, सहसचिव यामबहादुर घर्ती र चन्द्रबहादुर रावल र कोषाध्यक्ष लक्ष्मी भुसाल रहेका छन्। सदस्यहरूमा खगेन्द्र जिसी, जनक बुढा, वीरेन्द्र वली, कमल सिञ्जाली, दीपक शाही, सुशीला रोका क्षेत्री, प्रकाश खनाल, कृष्ण कँडेल र नवीन अधिकारी छन्। डोरितान सङ्घ कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले समितिमा सुर्खेतका सबै स्थानीय तहबाट खेलाडीको प्रतिनिधित्व गराइएको जानकारी दिए। उनले सङ्घलाई आवश्यक प्राविधिक, भौतिक र आर्थिक सहयोग जुटाई खेललाई विस्तार गर्नुपर्नेमा जोड दिए। 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले डोरीतान खेललाई सम्पूर्ण खेलप्रेमीमाझ पुर्याउनुपर्ने बताए। करिब दुई हजार वर्ष पुरानो विश्व इतिहास बोकेको डोरीतानलाई अन्य खेलजस्तै विकास गर्न सबै खेलपे्रमीले पहल गर्नुपर्ने उनको भनाइ थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×