काठमाडौँ - स्पेनिस क्लब रियाल म्याड्रिडका बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले यासिन ट्रफी जितेका छन्। २०२१-२२ को सिजनमा उत्कउष्ट प्रदर्शन गरेका उनले उत्कृष्ट गोलरक्षकको रुपमा यासिन ट्रफी अवार्ड जित्न सफल भएका हुन्।
चोटका कारण सान्टियागो बर्नाबेउमा बार्सिलोनामाथि ३-१ जितको खेल गुमाएको उनले १ दिनपछि उनले यो अवार्ड पाएका हुन्। यो अवार्डको दौडमा उनले मार्क-आन्र टेर स्टेगन, एलिसन बेकर, एडरसन मोराएस र जान ओब्लाकलाई पछि पारेका छन्।