प्रशिक्षार्थी खेलाडीलाई फुटबल ड्रेस सहयोग

हुम्ला - ग्रासरूढ फुटबलको बिगत एक महिनादेखि प्रशिक्षण लिँदै आएका खेलाडीहरूलाई ड्रेस सहयोग गरिएको छ। प्रशिक्षण सुरू भएको एक महिना अवधि पुगेको अवसर पारी हुम्ला फुटबल ऐकेडेमीले सो ड्रेस सहयोग गरेको हो।

ऐकेडेमीका अध्यक्ष विष्णु रावतले खेलाडीहरूलाई प्रशिक्षण गर्न सहज होस भन्नका लागि पँचास थान ड्रेस सहयोग गरिएको बताएका छन्। उनले एक महिनाको अवधिमा सफल रूपमा प्रशिक्षण कार्य भएकोले ऐकेडेमीको आफ्नै लगानीमा सो सहयोग गरिएको जानकारी दिए।

उक्त प्रशिक्षणमा छदेखि १४ वर्ष उमेरका ८० जना महिला तथा पुरुष खेलाडीले सहभागीता जनाउँदै आएका छन्।

त्यसैगरी प्रशिक्षणको क्रममा उत्कृष्ट ठहरिएका प्रशिक्षार्थी खेलाडी हिक्मत सुनारलाई १ थान फुटबल प्रदान गरिएको छ।  ११ जना साना खेलाडीलाई १/१ थान मोजा प्रदान गरिएको छ। महिलातर्फ उत्कृष्ट ठहरिएकी सुबिस्ता रावतलाई फुटबल जुता पनि प्रदान गरिएको छ।

एकेडेमीले प्रशिक्षणसमेत निःशुल्क रूपमा प्रदान गर्दै आएको छ। यसका लागि एन्फाद्वारा तालिम प्राप्त दुई जना प्रशिक्षकले प्रशिक्षण दिदै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×