फ्रान्समा छ लाखभन्दा बढी पंक्षी मारियो

पेरिस। फ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पंक्षीहरू मारिएको छ। वर्ड फ्ल्यु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मार्न लगाएको हो। पंक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मारिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। फ्रान्समा सन् २०१५ देखि वर्ड फ्ल्यूको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ। महामारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पंक्षी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ। फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले वर्ड फ्ल्युको महामारी आउने खतरा देखिएको छ। कोरोनाभाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला वर्ड फ्ल्यु भाइरसको महामारीले पिडा थपेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×