मुलुककै कान्छो उम्मेदवार बस्नेतको वडालाई भ्रष्टाचारमुक्त बनाउने सपना

दोलखा-  वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा मुलुककै कान्छो उम्मेदवार राजाराम बस्नेतले भ्रष्टचारविरुद्धको अभियानलाई चुनावी नारा बनाएका छन्। दोलखा तामाकोसी गाउँपालिका -३ का वडा सदस्यका उम्मेदवार २१ वर्षीय बस्नेतले वडालाई भ्रष्टचारमुक्त बनाउने र जनतालाई सुशासनको अनुभूति दिलाउने सपना देखेका छन्।

एमालेबाट उम्मेदवार बनेका उनले वडालाई बालमैत्री बनाउने, एक घर एक धारालाई बोलीमा मात्र होइन व्यवहार लागू गर्ने, दिगो रूपमा सिँचाइको व्यवस्थापन गर्ने, कृषिमा युवालाई प्रोत्साहन गर्ने, सरकारी विद्यालयलाई सुधार गर्नेलगायतका नारा अघि सारेका छन्। 

उनले भने, ‘वडामा भ्रष्टाचार छ। यसको विरुद्धमा म सधैँ लागिपर्नेछु। भाषणमा होइन, यसलाई म व्यवहारमा उतार्नेछु। मैले वडावासीसँग यही प्रतिबद्धता जनाएको छु। यस्तो प्रतिबद्धता सुनेर सबै खुसी भएका छन्। त्यसो हुँदा  मैले चुनाव जित्छु'।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×