११ वर्षपछी सञ्जय दत्त र सुनील शेट्टी सँगै

भारत। बलिउड अभिनेता सञ्जय दत्त समीर कार्णिकको अनटाइटल कमेडी चलचित्रमा देखिने भएका छन्। चलचित्रमा उनीसँगै अभिनेता सुनील शेट्टीलाई पनि मुख्य भूमिकामा देखिनेछ। यसअघि जोडी ११ वर्ष अगाडी चलचित्र ‘नो प्रोब्लम’मा सँगै देखिएका थिए।

चलचित्रको निर्देशन ‘यमला पगला दिवाना’का निर्देशक समीर कार्णिकले गर्नेछन्। चलचित्रमा इशा गुप्ता, जायद खान, सौरभ शुक्ला र जावेद जाफरीलाई पनि देख्न सकिनेछ। उत्तर भारतमा छायांकन गरिने भनिएको चलचित्रका निर्माता सञ्जय पनि रहेका छन्।

चलचित्रको छायांकन यही गर्मी सिजनबाट थालिनेछ। सञ्जय र सुनील्को जोडीलाई ‘रुद्राक्ष’, ‘रक्त’, ‘कांटे’, ‘शुटआउट एट लोखण्डवाला’, ‘अनर्थ’ जस्ता चलचित्रमा देखिएको थियो। सञ्जयको आउँदो चलचित्र ‘पृथ्वीराज’, ‘केजीएफ २’ रहेका छन् भने सुनील सन् २०२२ मा तमिल/हिन्दी चलचित्र ‘घनी’मा पनि देखिँदैछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×