ऋर्चाले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड

काठमाडौँ - अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन्।

अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय रहेको छ।

साउदीमा एक नेपालीलाई अन्यले फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालको प्रधानमन्त्रीलाई लेखेको चिट्टी र उसकी श्रीमतीले उनलाई नेपाल ल्याउन गरेको संघर्षको कथा फिल्मले उठाएको छ। सनिस श्रेष्ठको छायांकन रहेको फिल्मको सम्पादन शाहिल खान हुन्।

अष्ट्रेलियामा आफुले अभिनय गरेको फिल्म अवार्ड जित्दा निकै खुसी लागेको ऋचाले बताएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×