राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३२ विद्यालय छनोट

काठमाडौँ - लमजुङका ३२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु. ६ करोड २१ लाख अनुदान पाउनेछन्।लमजुङबाट छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ, सुन्दरबजार नगरपालिकामा पाँच, मध्यनेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा– आठ, दोर्दी गाउँपालिकाका पाँच, दूधपोखरी गाउँपालिकामा एक र मर्स्याङदी गाउँपालिकाका– ३ विद्यालय छनोट भएका छन्। ती विद्यालयमा दुई कोठे र चार कोठे निर्माण, प्रयोगशाला स्थापना, आइसिटीका लागि बजेट विनियोजन भएको छ। आइसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ, दुई कोठे भवनका लागि १८ लाख, चार कोठे भवनका लागि ३६ लाख, प्रयोगशालाका लागि १० लाख  बजेट विनियोजन भएको छ।

क्व्होलासोथर गाउँपालिकाको भने कुनैपनि विद्यालय छनोटमा नपरेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×