काठमाडौँ - आईसीसी टी-२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बावेले अंक बाँडेका छन्। साेमवार भएकाे सुपर १२ काे समूह बी काे दाेस्राे खेल वर्षाले रद्द भएपछि दक्षिण अफ्रिका र जिम्बावेले १/१ अंक बाँडेका हुन्।
यसअघि ९ ओभरमा झारिएकाे खेलमा जिम्बावेले ५ विकेट गुमाएर ७९ रन बनाएकाे थियाे। उसका विस्ले मेधेभिरेले नटआउट ३५ रन बनाएका थिए। बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले २ विकेट लिएका थिए।
खेल पटक–पटक वर्षाले प्रभावित हुँदा दक्षिण अफ्रिकाले ७ ओभरमा ६४ रनकाे लक्ष्य पाएकाे थियाे। दक्षिण अफ्रिकाले ३ ओभरमा विना विकेट ५१ रन बनाउँदा फेरि पानी पर्न थालेपछि दुवै टाेलीले अंक बाँडेका हुन्। उसका क्विन्टन डी कक ४७ रनमा नटआउट रहेका थिए।
याे बराबरीसँगै दक्षिण अफ्रिका तेस्राे स्थानमा र जिम्बावे चाैथाे स्थानमा रहेकाे छ।