शाख्तरसँग बराबरीमा रोकियो रियाल

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगमा समूह ‘एफ’ अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता रियाल मड्रिडले युक्रेनको शाख्तर डोनेक्ससँग १-१ को बराबरी खेलेको छ।  सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली शाख्तर अंक बाँड्न बाध्य बनेको हो।

पोलिस आर्मी स्टेडियममा निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४६ औं मिनेटमा ओलेक्सान्डर जुबकोभले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले बोडन माइहालीचेन्कोको पासलाई सदुपयोग गरे।

अन्तिम समयमा सम्हालीन नसक्दा शाख्तरले गोल व्यहोर्न पुग्यो। थप गरिएको समयमा एन्टोनियो रुडिगरले गोल गर्दै स्पेनिस टोली रियालको हार टारेका थिए। उनेल टोली क्रुसको पासलाइृ पोस्टको दिशा दिएका थिए।

यो नतिजासँगै रियाल ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा शाख्तरसमान खेलबाट ५ अंकका साथ तेस्रोमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×