खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ - नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो।

यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पनि अन्तर्राष्ट्रिय उडानका लागि देशमै पहिलो पटक अर्को नाका खुला भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आउनु ७४ वर्षको नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए।

बिहीबार बिहान ७ः४५ मा यति एयरलाइन्सको जहाजले नयाँ धावनमार्गमा पहिलो उडानको सौभाग्य पाएको थियो। आन्तरिक विमानस्थलका रूपमा ६४ वर्षअघि सञ्चालनमा आएको भैरहवा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेर सञ्चालनमा आएको हो। यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताए। 

अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । यो समाचार गोरखापत्र दैनिकमा छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×