चोटका कारण थियागो ६ साता मैदान बाहिर रहने

काठमाडौँ - प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलकान्तरा ६ साता मैदान बाहिर रहने भएका छन्। ह्यामस्ट्रिङ इन्ज्युरीका कारण उनी मैदान बाहिर रहने क्लबले जनाएको छ।

३१ वर्षीय थियोगोले प्रिमियर लिगको पहिलो खेलमा फुलहमविरुद्धको खेलमा थियागो, जोर्डन हेन्डरसन र फाविन्होले लिभरपुलको मिडफिल्ड सम्हालेका थिए।

चोट बोकेपछि ५१औं मिनेटमा थियागोलाई हार्वे इलिओटले प्रतिस्थापन गरेका थिए। उनी अक्टोबर मध्यबाट खेलमा फर्कने क्लबले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×