काठमाडौँ - अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ लाई आगामी दिनमा इन्डियाको सबैभन्दा प्रतिक्षित फिल्म मध्ये एक मानिन्छ। फिल्मको पहिलो भाग बक्स अफिसमा निकै हिट भएको थियो।
फिल्मले हिन्दी भाषामा मात्रै १०० करोडभन्दा बढी कमाई गरेर सबैलाई चकित बनाएको थियो। यसको दोस्रो भागलाई लिएर पनि फ्यानमा निकै उत्साह छ।
अब बहुप्रतीक्षित फिल्मको सूचीमा पुष्पा २ ले शाहरुख खानको फिल्म पठान र सलमान खानको फिल्म टाइगरलाई पनि पछि पारेको विष्लेशण गर्न थालिएको छ। सुकुमारद्वारा निर्देशित पुष्पा द राइजमा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको मुख्य भूमिका थियो।
फिल्मको दोस्रो भागमा पनि यही स्टारकास्ट देखिनेछ। चलचित्रको दोस्रो भागको छायांकन भईरहेको छ।