रामबाबुको आगामी फिल्म ‘फूलबारी’ मा मिरुना आउट, शिल्पा इन

काठमाडौँ - ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको आगामी फिल्म ‘फूलबारी’ छायांकनको अन्तिम चरणमा छ। पारिवारिक कथावस्तुमा आधारित यो फिल्ममा कलाकार हेरफेर भएको खबर छ।

मिरुना मगर र सिर्जना सुब्बा फिल्मबाट बाहिरिएका छन् भने शिल्पा मास्के र ‘कबड्डी ४’ फेम्ड गौमाया गुरुङको फिल्ममा इन्ट्री भएको छ।

दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की र प्रियंका कार्कीको समेत प्रमुख भूमिका रहेको फिल्ममा मिरुना र सिर्जना हुने छैनन्। निर्देशक गुरुङले कलाकार हेरेफेर भएको पुष्टि गरेका छन्।

मिरुनाको ठाउँमा शिल्पा मास्के भित्रिएकी छिन् भने सिर्जनाको ठाउँमा गौमाया गुरुङ। लण्डनमा रहेकी मिरुना खराब मौसमको कारण समयमै नेपाल आउन नसकेको र सिर्जना ‘छड्के २’को लागि मनाङमा भएकाले आउने तालिका नमिलेकाले उनीहरुलाई फिल्ममा समेट्न नसकिएको गुरुङले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×