सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे

काठमाडौँ - अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन्। सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन्।

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो। त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएका थिए। ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भने।

सलोनका जन्तीमा फिल्म क्षेत्रका थुप्रै चिनिएका अनुहार समेत सहभागी छन्। विवाहमा दुवै तर्फका आफन्त, सहकर्मी र नजिकका साथीभाई सहभागी भएका छन्।

सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×