छ खेलाडी सम्मानित

त्रिशूली। नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ। नगरपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रमका अवसरमा दुई वर्षअघि सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का विभिन्न विधाको प्रतियोगितामा पदक विजेता नगरभित्रका खेलाडीलाई नगद र प्रमाणसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। प्रतियोगितामा साइक्लिङमा स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई रु ५० हजार प्रदान गरिएको छ। यस्तै भारोत्तोलनमा रजत पदक विजेता अस्मिता राई, तेक्वान्दोमा रजत पदक विजेता कृष्णबहादुर तामाङ, तलवारमा रजत पदक विजेता अञ्जु तामाङ र जुडोमा रजत पदक विजेता सञ्जीत डङ्गोललाई रु ४० हजार तथा तेक्वान्दोमा कास्य पदक विजेता रेजित रिमाललाई रु ३० हजारसहित नगरप्रमुख सञ्जु पण्डितले सम्मान गरेका हुन्। नपाले नगरभित्रका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई पदक विजेता बन्न सफल भएमा नगदसहित सम्मान गर्ने भनेर कार्यपालिकाको बैठकले निर्णय गरेर बनाएको कार्यविधिअनुसार सम्मान गरेको जनाइएको छ। खेलाडीको हौसला बढाउन, उत्साह जगाउन तथा नयाँ उत्पादनका लागि प्रोत्साहन गर्न खेलाडीलाई नगदसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×