प्रतियुशा आगामी मिस नेपालको फाइनलमा सिधै प्रवेश

काठमाडौँ - मिस नेपाल उत्तर अमेरिकाको उपाधि जितेसँगै प्रतियुशा बोहरा मिस नेपाल २०२३ को फाइनलमा सिधै प्रवेश गरेकी छिन्। हिडन ट्रेजरले उनी आगामी मिस नेपालको फाइनलिस्टमा छानिएको जनाएको छ।

उनी मिस नेपालको आउँदो संस्करणमा छानिने पहिलो प्रतियोगी पनि भएकी छिन्। हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच भएको सम्झौताअनुसार नर्थ अमेरिका पेजेन्ट जित्ने विजेताले मापदण्ड पुगे मिस नेपालमा प्रतिस्पर्धाको मौका पाउने सहमति भएको थियो।

मिस नेपाल उत्तर अमेरिका पेजेन्टका आयोजक शैलेश श्रेष्ठले प्रतियुशाले मिस नेपालका सबै मापदण्ड पूरा गर्ने बताएका छन्। हिडन ट्रेजर निर्देशक प्रमोद कंसाकारले पनि प्रतियुशा आगामी संस्करणको फाइनलिस्ट बनेको बताएका छन्।

सन् २०२२ मा मिस नेपालमा २४ जना फाइनलिस्ट थिए। गतसाता भएको प्रतिस्पर्धामा प्रतियुशाले उपाधि जितेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×