काठमाडौँ - शुक्रबार दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। दिनेश राउत निर्देशित 'प्रकाश' र सुवर्ण थापाको 'राधा' एकसाथ प्रदर्शनमा आएका हुन्।
'प्रकाश'मा शिक्षक बन्नका लागि एक व्यक्तिले कस्तो संघर्ष गर्नुपर्छ भन्ने कथा भनिएको छ। फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय रहेको छ।
त्यस्तै अभिनेत्री सृष्टि श्रेष्ठ र सौगात मल्लको अभिनय रहेको फिल्म 'राधा'मा आफ्नो श्रीमानको पर्खाइमा रहेकी एक पत्नीको कथा समेटिएको छ।
फिल्ममा सृष्टि र सौगातसँगै दिव्य देभ, खगेन्द्र लामिछाने, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ, निश्चल बस्नेतलगायतको अभिनय रहेको छ। २ नेपाली फिल्मसँगै हलमा विजय देवरकोण्डा अभिनित 'लाइगर' प्रदर्शनमा आएको छ।