मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

महेन्द्रनगर -कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो ।

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो । युपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो ।

रानामगरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर सुनुवार फरार भएका थिए । उनी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले जानकारी दिए ।  
–––

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×