चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली र आफू जेलमेट रहेको बताए ।
एमालेको महाधिवशेनलाई सम्बोधन गर्दै उनले लोकतान्त्रीक पद्धतीको मर्म अनुसार महाधिवेशन गरेकोमा धन्यवाद दिएका छन् भने नेकपा एमाले अध्यक्ष केपी ओलीलाई बधाई समेत व्यक्त गरे । यसका साथै उनले महाधिवेशनको सफलताको कामना समेत गरेका छन् ।
आफूहरुबिच मतभिन्नता भएकाले विभिन्न पार्टीमा रहे पनि उनीहरु एकै पटक जेलमा सँगै बसेको स्मरण समेत देउवाले गरे । उनले आफूहरु जेलमेट रहेको समेत बताए । उनले ओली लगाए अन्य बामपन्थी नेताहरुसँगै आफूहरु जेलमा बसेको अनुभव रहेको बताउँदै । जनतालाई यस्तो अवस्था नआओस् भनि राष्ट्रहितकालागि काम गर्ने जिम्मेवारी सबै राजनीतिक दलको रहेको जानकारी दिए ।
उनले एमालेको महाधिवेशनको पूर्ण सफलताको कामना गरेका छन् ।