कपिल शर्माको फिल्म बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि प्रदर्शन हुने

काठमाडौँ - कपिल शर्माको चलचित्र ‘ज्विगाटो’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि प्रदर्शन हुने भएको छ।

टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा सफल वल्र्ड प्रिमियर पछि यो फिल्म अब बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शनको तयारी गरिएको हो।

यसै वर्षको अक्टोबर ५ देखि १४ सम्म हुने बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा यो फिल्म प्रदर्शन गरिने बताइएको छ। टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा भर्खरै प्रिमियर भएको नन्दिता दासको निर्देशनमा बनेको फिल्मको ट्रेलर सोमवार सार्वजनिक भएको छ।

ट्रेलरको लिंक शेयर गर्दै कपिलले  फिल्म बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि प्रदर्शन हुने जानकारी दिएका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×