काठमाडौँ। राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास बस्न असम्भव बनेको कारण गत शुक्रबार शपथ ग्रहण राष्ट्रपति निवास भित्रै सम्पन्न भएको थियो। आज खण्डहर कार्यालय बाहिर पाल टाँगेर शपथ कार्यक्रमको व्यवस्थापन गरिएको छ।
शपथ ग्रहण समारोहमा सरकारी निकायका प्रमुख र कूटनीतिक नियोगका प्रमुखहरू समेत उपस्थित थिए। शपथ लिने मन्त्रीहरू:
अर्थमन्त्री रामेश्वर खनाल
ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल
कुलमान घिसिङलाई तीन मन्त्रालय र ओमप्रकाश अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ।