सबै जनतालाई एमसीसीको पक्षमा उभिन प्रकाशशरण महतको आग्रह

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसीको विषयमा झुटो कुरालाई सत्य बनाउन खोजिएको बताएका छन्। एमसीसीले देशको विकासमा सहयोग पुर्याउने भए पनि यहाँ अनावश्यक झुटको खेती गरेर त्यसलाई सावित गर्न खोजिएको उनको भनाइ छ।

कांग्रेस राप्ती नगर समितिले आयोजना गरेको कार्यालय उद्घाटन समारोहमा उनले समाजमा छरिएको भ्रमलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए। उनले भने, “सत्यको मुख बन्द भयो भने झुटो बोल्नेको मुख चल्छ। झुटलाई सत्य बनाउन खोजिन्छ।” एमसीसीलाई अन्योलमा राखेर गरिबी निवारण र आर्थिक विकासलाई रोक्न खोजिएको उनले बताए।

नेपालले अन्य देशसँग ऋण लिँदा पनि विभिन्न सम्झौता हुने गरेको भन्दै उनले अहिलेको सहयोग उदारवाद रहेको बताउए। ऋण दिने देशले पनि शर्त राखेर उसको कम्पनीलाई काम लगाउने गरी दिने गरेको भन्दै उनले भने, “यो परियोजना असफल बनाउन केही समूह र कम्युनिष्ट लागि परेका छन्।” विवाद गरेर संसद्मा रोकियो भने यो परियोजना असफल हुने भन्दै उनले सबै जनतालाई यसको पक्षमा उभिन आग्रह गरे।”
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×