यसकारण हुँदैछ अब जेठमा स्थानीय निर्वाचन

कामठाडाैं । सत्तारूढ पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले स्थानीय तहको निर्वाचन आगामी २०७९ जेठभित्र गर्न सुझाव दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान र अपराह्न गरी दुई चरणमा बसेको राजनीतिक संयन्त्रको बैठकले संविधानसँग बाझिएका कानुन संशोधन गरी आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र),नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी),जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले जेठभित्र निर्वाचन सम्पन्न गर्न सुझाव दिएको बताए ।

संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न बैठकले सरकारलाई सुझाव दिएको जानकारी मन्त्री कार्कीले दिए । यसअनुसार स्थानीय तह निर्वाचन ऐन,२०७३ र अन्य सान्दर्भिक कानुन संशोधन गरिनेछन् । गोरखापत्र दैनिकमा अशोक अधिकारीले खबर लेखेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×