काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरे। सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए। उनको भारत भ्रमणका क्रममा जनकपुर, जयनगर–कुर्था रेल सुभारम्भ तथा नेपाल–भारत ऊर्जा उत्पादन, विकास र विस्तारलगायत महत्वपूर्ण सम्झौता भएका थिए।