सर्वसाधारणको रोजाइमा टेलिकमको फाइबर इन्टरनेट

झापा- नेपाल टेलिकमको फाइबर इन्टरनेट (एफटीटीएच) सेवा ग्रामीण क्षेत्रका बासिन्दाको रोजाइमा पर्न थालेको छ। लामो समयदेखि निजी लगानीका इन्टरनेट सेवा लिइरहेका ग्रामीण क्षेत्रका बासिन्दाले त्यसलाई हटाउँदै टेलिकमको फाइबर सेवा लिन थालेका हुन्। 

भद्रपुर नगरपालिका–९ का अधिवक्ता मणि पराजुलीले निजी क्षेत्रको सेवाभन्दा नेपाल टेलिकमको फाइबर सेवा राम्रो र भरपर्दो भएको बताए। उनले आफूले मात्र नभएर गाउँका अधिकांशले नेपाल टेलिकमकै फाइबर सेवा लिन थालेको जानकारी दिए।

फाइबरबाटै टेलिफोन (ल्याण्डलाइन), इन्टरनेट र टेलिभिजन (आइपीटीभी) सेवा समेत पाउन थालेसँगै उपभोक्ता नेपाल टेलिकमप्रति नै आकर्षित भएर सेवा लिन आउन थालेको नेपाल टेलिकम चन्द्रगढीका प्रमुख सतिश कर्णले बताए। उनी भद्रपुरका सबै वडाका प्रायः सबैले टेलिकमको सेवा लिन थालेको बताए। “सस्तो, भरपर्दो र राम्रो सेवा भएर होला”, उनले भने, “भद्रपुर र चन्द्रगढीको कुरा गर्ने हो भने निजी सेवाप्रदायकभन्दा हामी धेरै अगाडि छौँ।” कुनै समस्या परेमा समाधानका लागि कार्यालय प्रमुख कर्ण आफैँ ग्राहकको घरमा पुग्छन।

प्रमुख कर्णले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ५०० भन्दाबढीले फाइबर इन्टरनेट सेवा लिएको बताए। उनका अनुसार भद्रपुर कार्यालयअन्तर्गत रहेको क्षेत्रमध्ये पूर्वमा घोडामारामा रहेको हडिया पुल, दक्षिणमा मेची क्याम्पस, उत्तरमा पुहाँतुबारीसम्म सेवा विस्तार भइसकेको छ। उहाँले भद्रपुरको गार्मेन्ट चोक, हर्चना हुँदै लेखनाथ चोकसम्म सेवा विस्तार गर्न अप्टिकल फाइबरको तार बिछ्याउन पहल भइरहेको बताए। उनले लेखनाथ चोक चन्द्रगढीको मुख्य व्यापारिक क्षेत्र भएको हुँदा यहाँ सेवा विस्तार गर्न सर्वसाधारणबाट माग आइरहेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×