प्रधानमन्त्री प्रचण्ड आज चीनबाट स्वदेश फर्कदै

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) स्वदेश फर्कदै छन् । अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी राष्ट्र चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।

हिजो (शुक्रबार) छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरे पछि प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए ।

उनको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीको सहभागीता रहेको थियो । सो अघि तिब्बतस्थित मानसरोवर र कैलास पर्बत दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड हिजो मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×