काठमाडौँ - अभिनेत्री सुहाना थापा नयाँ फिल्मको तयारीमा छिन्। फिल्म ‘भागवत गीता’को तयारीमा रहेकी केहि दिन अघि मात्रै अमेरिकाबाट फर्किएकी छिन्।
साउनको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको ‘भागवत गीता’को टिजर रिलिज गर्ने तयारीमा निर्माता सुनिल थापा रहेका छन्। टिजर छायांनमा सुहानालाई मात्रै देखाएका सुनिलको यो फिल्ममा सुहानाको जोडी को बन्ला भन्ने धेरैलाई कौतुहल थियो।
झरना थापाले निर्देशन गर्ने यो फिल्ममा सुहानासँग धिरज मगर देखिने भएका छन्। धिरजले यो फिल्मका लागि औपचारिक सम्झौता गरिसकेका छन्। यो जोडीका साथमा फिल्ममा दयाहाङ राई पनि देखिने छन्।
यो फिल्म अन्तरजातिय प्रेमकथामा निर्माण हुनेछ। लामो समयदेखि सुहानाले धिरजसँग काम गर्ने इच्छा देखाएकी थिइन।