अभिनेत्री दीया पुनले सगरमाथा आरोहण गर्ने

काठमाडौँ l अभिनेत्री दीया पुनले सगरमाथा आरोहण गर्ने भएकी छन्। उनले सामाजिक परियोजनाको लागि सहयोग संकलन गर्न संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहण गर्न लागेकी हुन् l व्यक्तिगत खर्चमा आउँदो अप्रिल महिनामा सगरमाथाको आरोहण गर्न लागेकी उनी बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत छिन् l

उनले आफ्नो व्यक्तिगत सौख भन्दापनि संसारभरका नर्सहरुको मनोवल बढाउन सगरमाथाको आरोहण गर्न लागेको जनाएकी छिन्। यस अघि उनले सन् २०१८ मा ६ हजार ९६१ मिटर उचाइमा रहेको अर्जेन्टिनाको माउन्ट ओकनकागुवा आरोहण गरेकी थिइन् l सगरमाथा आरोहणको लागि निर्मल पुर्जाको कम्पनी एलिट एक्स्पिडिसनले प्रक्रियाहरू पनि पुरा भइसकेको बताईएको छ l

सगरमाथा आरोहणमार्फत् बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फर्स्टलाई आर्थिक सहयोग संकलन गर्ने उनको मुख्य उद्देश्य रहेको छ।

मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी दीयाले ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दयारानी’, ‘मन्त्र’  लगायतका चलचित्रमा अभिनय गरेकी छिन्। उनको चलचित्र ‘मन्त्र’ यही माघ २८ गतेबाट प्रदर्शनमा आउने भएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×