ओस्कार अवार्ड कार्यक्रमको मञ्चमै सञ्चालकलाई थप्पड प्रहार

काठमाडौँ - ओस्कार अवार्डको मञ्चमा नै अमेरीकी अभिनेता विल स्मितले कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गरेका छन्।

आइतबार राति हलिउडमा भइरहेको सन्डे सेरेमोनीमा स्ट्यान्ड अप कमेडियन एवं कार्यक्रम सञ्चालक क्रिसमाथ स्मिथले थप्पड प्रहार गरेका हुन्। क्रिसले अभिनेता स्मिथकी श्रीमतीको कपालका विषयमा गरेको ठट्टा गरेपछि यस्तो घटना घटेको जानकारी आएको छ। यस घटनालाई संसारभरका दर्शकहरुले प्रत्यक्ष प्रसारण मार्फत हेरेका छन्। 

घटनाका विषयमा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा समाचारहरु बनेका छन्। तर यो साच्चिकै भएको घटना हो वा केवल मञ्चन गरिएको हो भन्ने स्पष्ट हुन सकेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×