काठमाडौँ। बलिउड चलचित्र ‘तुलसीदास जुनियर’ को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रमा स्वर्गीय अभिनेता राजीव कपुर, अभिनेता सञ्जय दत्त र बाल कलाकार बरुण बुद्धदेव मुख्य भूमिकामा रहेका छन्। चलचित्र ४ मार्चबाट प्रदर्शनमा आउदैछ।
१३ वर्षका एक केटाको कथामा आधारित चलचित्रमा ति बालकले स्नुकर खेलमा आफ्नो बुबाको हारको बदला लिएको देखाईएको छ। भुषणकुमार र आशुतोष गोवारिकरले संयुक्त रूपमा निर्माण गरेका चलचित्रलाई गुलशन कुमार र टी सीरीजले प्रस्तुत गरेको हो। चलचित्रको निर्माण संस्था आशुतोष गोवारिकर प्रोडक्सन रहेको छ भने चलचित्रका निर्माता भुषणकुमार, कृष्णकुमार, आशुतोष गोवारिकर र सुनिता गोवारिकर हुन्। त्यसैगरि चलचित्रको लेखन तथा निर्देशन मृदुलले गरेका हुन्।
ट्रेलर: