आदित्य चोपडाको फिल्ममा शाहरुख, ऋतिक र सलमानको अभिनय

काठमाडौँ - बलिउड निर्देशक आदित्य चोपडा सुपरस्टार शाहरुख खान र सलमान खानलाई एकसाथ पर्दामा उतार्ने तयारीमा रहेका छन्। आदित्यले बनाउने फिल्मको घोषणा हुन भने बाँकी रहेको भारतीय समाचार एजेन्सीले जनाएका छन्।

यस फिल्ममा शाहरुख 'पठान' को भूमिकामा देखिनेछन् भने सलमानले 'टाइगर' को भूमिका निर्वाह गर्नेछन्।।समाचार अनुसार यो एउटा एक्सन फिल्म हुनेछ भने फिल्मको निर्देशन आदित्य स्वयंले गर्नेछन्।

सलमान र शाहरुखले 'करण अर्जुन', 'कुछ कुछ होता है' जस्ता केही फिल्ममा एकसाथ अभिनय गरिसकेका छन्। आदित्यले बनाउने यस फिल्ममा शाहरुख र सलमानका साथै ऋतिक रोशनको पनि अभिनय हुने बताइएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×