दाङमा कुलोमा डुबेर एकको मृत्यु

दाङ - दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए।

उनका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो। उनको आज बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो। चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×