काठमाडौँ - सौगात मल्ल अभिनीत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। मल्ल आफूले पाएको भूमिकालाई जीवन्त रुपमा निर्वाह गर्ने गर्छन्। उनको अभिनयको चर्चा बेलाबखतमा हुने गर्छ।
कहिले कहीँ ‘टाइप कास्ट’ को आरोप समेत खेप्ने सौगातलाई ‘हाकु काले’ को रुपमा दर्शकले चिन्छन्। ‘लूट’ पश्चात् सौगातको बढेको गति रोकिएको छैन। यद्यपि उनले सफलता पाएको फिल्मको सङ्ख्या भने निकै कम छ।
यस विषयमा सौगात क्लियर छन्। ‘मैँले आफूले पाएको भूमिकालाई निभाउने हो। त्यसलाई राम्रो बनाउन मेहनत गर्ने हो। बाँकी बिजनेसको हिसाबकिताब म बुझ्दिन’ सौगातले भने। उनलाई फिल्मले गर्ने कमाइ भन्दा पनि पाउने प्रतिक्रियाको चासो हुन्छ। ‘मैँले बुझ्ने भनेको आफूले पाउने क्यारेक्टरमा गरेको काम नै हो। व्यापार त कलाकारले बुझ्ने होइन,‘मलाई त काम गर्न प्यारो लाग्छ ’ उनले भने।