शिष अविरल र गायिका अञ्जु पन्तको स्वरमा ‘छुनुमुनु छुनुमुनु’ सार्वजनिक

काठमाडौँ - गायक एवं संगीतकार आशिष अविरल र गायिका अञ्जु पन्तको स्वरमा ‘छुनुमुनु छुनुमुनु’को भिडियो सार्वजनिक गरिएको छ। शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘द कार्टुन्ज क्रू’ को प्रस्तुति रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

आशिषकै संगीत एवं संगीत संयोजन रहेको गीतको शब्द रचना भने एकनारायण भण्डारीले गरेका हुन्। ‘द कार्टुन्ज क्रू’का सरोज अधिकारीको निर्देशनमा तयार भिडियोमा उनीसँगै आश्मा विश्वकर्मालाई प्रस्तुत गरिएको छ।

विवाहलाई माहोल बनाएर भिडियो खिचिएको छ। भिडियोमा गायक आशिषसँगै ‘द कार्टुन्ज क्रू’ अन्य सदस्यहरूलाई समेत प्रस्तुत गरिएको छ। पवन सुस्लिङको छायांकन रहेको भिडियोमा सुरोज अधिकारीको सम्पादन रहेको छ। ‘आशिष अविरल’ युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×