टिप्परको ठक्करबाट युवकको मृत्यु

तनहुँ। तनहुँको छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको टिप्परको ठक्करबाट आज साँझ एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमाल रहेका छन् । 

छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग१क २९१५ नम्बरको टिप्परले ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको र घटनाको अनुसन्धान थालिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ठक्कर दिएको विरोधमा स्थानीयवासीले टिप्परमाथि तोडफोड र दोषीमाथि कारबाहीको माग गरेका छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×