काठमाडौँ - बलिउड चलचित्र 'ब्रह्मास्त्र'का निर्देशक अयान मुखर्जी अहिले फिल्मको मेगा बक्स अफिसमा सफलताको शिखरमा छन्। अयानले अहिले आफू काममा फर्किएको र अब छिट्टै यस चलचित्रको ३ सिरिजसम्म काम गर्ने बताएका छन्।
अयानले आफ्नो इन्स्टाग्राममा दर्शकहरूलाई उनीहरूले फिल्मलाई दिएको मायाको लागि धन्यवाद दिँदै आफू काममा फर्किएको बताएका छन्।
उनले लेखेका छन्, 'यो पहिलो बच्चा जन्माएपछि म काममा फर्किन तयार हुनेछु भन्ने सोचेको थिइनँ, तर हाम्रा श्रोताहरूको ऊर्जाले मलाई सिधै त्यसमा हाम फाल्ने ऊर्जा दिएको छ...!"' 'ब्रह्मास्त्र' ले सोमबार विश्वव्यापी ३०० करोड भारतीय रुपैयाँ पार गरेको छ।
अयानले लेखेका छन्, "ब्रह्मास्त्र भाग १ आज 11 दिन पूरानो भएको छ।' अयानले फिल्मका रिलिज नभएका सबै गीतहरू दशैंको अवसरमा रिलिज गरिने जानकारी दिएका छन्।