रास्वपा सरकारबाट बाहिरिन तयार छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको टिप्पणी गरेका छन् । मन्त्री श्रेष्ठले सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, “हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं ।’

मन्त्री श्रेष्ठले सरकारमा गएपछि शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा आफूहरुले अनुभव गरिरहेको बताए । त्यस्तै, वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीभित्र सल्लाह पनि भएको उनले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×