काठमाडौँ - प्रतिनिधिसभाको दोश्रो बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध सुरु गरेको छ।
सापकोटाले बोल्न सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले रोष्टमतिर पाइला बढाउंदै विरोध गरेका हुन्।